सशस्त्रका चार डिआइजीको कार्यकाल एक वर्ष लम्ब्याइयो
काठमाडौं । कार्यकाल सकिएर अवकाशमा जान लागेका चार जना सशस्त्र प्रहरी बलका डिआइजीहरूको कार्यकाल एक वर्षका लागि लम्ब्याइएको छ ।
मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि पदावधि समाप्त हुन लागेका डिआइजीहरूको म्याद थप्ने निर्णय गरेको हो ।
कार्यकाल लम्ब्याइने डिआइजीहरूमा कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी रहेका छन् ।
सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ (ग) अनुसार, सशस्त्र प्रहरीका डिआइजीको कार्यकाल चार वर्षको हुन्छ ।
उनीहरू २४ गते राति १२ बजेदेखि अवकाशमा जान लागेका थिए। तर, त्यसअघि नै मन्त्रिपरिषद्ले कार्यकाल थप्ने निर्णय गरेको हो ।
नियमावलीको दफा ६५ (ग) को (२) उपदफा अनुसार, सशस्त्र प्रहरी महानिरीक्षक (आइजी)को सिफारिसमा नेपाल सरकारले एआइजी र डिआइजीको चार वर्षे कार्यकाल समाप्त भएपछि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस