डा. शेखर कोइरालाले वेलायतको संसदमा संबोधन गर्ने, ऐतिहासिक अवसर
उद्योग र व्यापारका मन्त्री र सांसदहरूको उपस्थिति
काठमाडौँ - नेपाली कांग्रेसका सभापतिका उम्मेदवार, नेता डा. शेखर कोइरालाले आगामी १३ जनवरी २०२५ मा बेलायतको संसद भवन (वेस्ट मिनिस्टर) मा एक विशेष कार्यक्रमका क्रममा संबोधन गर्ने भएका छन् । यस अवसरमा, उनले बेलायतका प्रमुख मन्त्रीहरू र सांसदहरूसमक्ष नेपाल र बेलायत बिचको सम्बन्ध र विभिन्न द्विपक्षीय मुद्दाहरूमा आफ्नो विचार राख्ने छन्।

बेलायतको संसद भवनमा आयोजना हुने उक्त विशेष कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट, उद्योग, व्यापार तथा बाणिज्य मन्त्री ग्यारेथ थोमस, साथै विभिन्न वेलायती सांसदहरूको उपस्थिति रहनेछ। यो कार्यक्रम नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र बेलायतसँगको द्विपक्षीय सहयोगलाई नयाँ आयाम दिने अपेक्षासहित आयोजना गरिएको हो।
निमन्त्रणामा वेलायती मन्त्रीहरू
नेता डा. शेखर कोइरालाले वेलायती विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग, व्यापार तथा बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा आगामी ९ जनवरी २०२५ मा बेलायत प्रस्थान गर्ने भएका छन्। यसपछि १३ जनवरीमा संसद भवनको विशेष कार्यक्रममा सहभागिता जनाउँदै उनले संबोधन गर्नेछन्।
पहिलो नेपाली नेता, ऐतिहासिक अवसर
वेलायतको संसद भवनमा मन्त्री र सांसदहरूलाई संबोधन गर्ने अवसर पाउने डा. शेखर कोइराला पहिलो नेपाली नेता बन्न गइरहेका छन्। यस सुअवसरले नेपाल र बेलायत बिचको द्विपक्षीय सम्बन्धमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। साथै, यस कार्यक्रमलाई नेपाली कांग्रेसका नेता र नेपाली नागरिकको अन्तर्राष्ट्रिय सम्मानको रूपमा पनि हेरिएको छ।
नेपाल र बेलायतको सम्बन्धमा योगदान
नेता कोइरालाले यस ऐतिहासिक अवसरमा नेपाली कांग्रेसको दृष्टिकोण र नेपालको वर्तमान राजनीतिक अवस्थाबारे समेत विचार व्यक्त गर्ने सम्भावना रहेको छ। साथै, बेलायतमा रहेका नेपाली समुदायको समृद्धि र उनीहरूको अधिकारको रक्षाका बारेमा पनि महत्वपूर्ण कुरा उठाउने उनले जनाएका छन्।
कार्यक्रममा, नेता कोइरालाले नेपाल र बेलायत बीचको व्यापारिक र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा आफ्ना विचार राख्ने छन्। नेपाल र बेलायतका बीचमा शैक्षिक, पर्यटन र अन्य क्षेत्रहरूमा सहयोगका लागि थप पहलहरू गर्ने आशा समेत व्यक्त गरिएको छ।
नेता कोइरालाको अन्तर्राष्ट्रिय कूटनीतिक यात्रा
नेता डा. शेखर कोइरालाले आफ्नो राजनीतिक जीवनमा अन्तर्राष्ट्रिय कूटनीतिमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । यस कार्यक्रममा उनका विचार र प्रस्तावहरू नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक दृष्टिकोणलाई अझ मजबुत बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस