यस्ता छन् काठमाडौं शाखा अन्तर्गत नेपाल पत्रकार महासंघ बैठकका निर्णयहरु
काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २७औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित काठमाडौं जिल्ला शाखाको शुक्रबार पहिलो बैठक बसेको छ । बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
बैठकले २७ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासंघको निवर्तमान कार्यसमिति, तीनै तहका निर्वाचन समितिहरू, सरोकारवाला संघसंस्था, महासंघका सदस्यहरू, सबै प्रति धन्यवाद ज्ञापन गरेको छ ।
यस्ता छन् पहिलो बैठकको निर्णयहरु :
१. नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको १२औं जिल्ला अधिवेशन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने शाखाका सम्पूर्ण साधारण सदस्य, निवर्तमान कार्यसमिति,निर्वाचन समिती, विभिन्न संघ संगठन तथा निर्वाचनको वातावरणलाई सहज बनाउन खट्नुहुने सबैमा हार्दिक धन्यवाद सहित विशेष आभार प्रकट गर्ने निर्णय गरियो ।
२. पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी पूर्वप्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सबै विशिष्ट अतिथि र अतिथिहरुलाई विशेष धन्यवाद ज्ञापन गरियो ।
३. १२औं जिल्ला अधिवेशनमा आफ्नो अमूल्य मत प्रदान गरेर नयाँ कार्यसमितिलाई निर्वाचित गराउन विशेष भूमिका निर्वाह गर्ने सबै मतदाता ज्युहरुप्रति हार्दिक धन्यवाद दिने निर्णय गरियो ।
४. नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई यस अघिकै जस्तो निरन्तरता दिन महासंघको सदस्यता नविकरण शाखाको सिफारिसमा मात्र गराउने र त्यसका लागि शाखाले लेटरहेडमा नाम सिफारिस गराएर पठाएपछि मात्र केन्द्रबाट नवीकरण हुने ब्यवस्था गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई र बोधार्थ उपत्यका प्रदेश समितिलाइ दिने गरी पहिलो बैठकबाट नै पत्राचार गर्ने निर्णय गरियो।
५. स्वरोजगार मुलक संचारमाध्यमको प्रवद्र्धन र सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनलाई समय सापेक्ष बनाउनका लागि आवश्यक तयारीसहित समन्वय गर्न छिटै आवश्यक संयन्त्र गठन गर्ने निर्णय गरियो । साथै समानुपातिक विज्ञापन अनलाइन मिडिया लाई समावेश गरि समानुपातिक रुपमा वितरण गर्न समन्धित निकायलाई ध्यानाकर्षण गर्ने निर्णय गरियो ।
६.शाखालाई नियमित खुला राख्ने गरी प्रवन्ध गर्न छिटै एक जना कर्मचारी राख्ने गरी ब्यवस्था मिलाउने निर्णय गरियो।

प्रतिकृया दिनुहोस