• सोमबार-पौष-२२-२०८१

रास्वपाको केन्द्रीय समिति बैठक आजबाट, सहकारी अध्यादेशमा पनि छलफल हुने

 

काठमाडौं, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आजवाट सुरू हुँदैछ । स्वयम्भु स्टार बैंक्वेटमा राखिएको बैठक बिहान ७ बजेवाट सुरू हुनेछ । 

 

कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकको सुरूमा समसमायिक राजनीतिक छलफल र रिपोर्टिङ हुनेछ भन स्थानीय तह उपनिर्वाचन समिक्षा, संगठनको समीक्षा र संगठन रणनीतिका बिषयलाइ छलफलको एजेन्डा बनाइएको छ ।


साथै, संगठन सबलीकरण र जागरण, प्रशिक्षण सामग्री अभियान, लिडरसीप एकेडेमी, क्यान्डिडेट क्लब र ब्लु प्रिन्ट फ्रेमवर्क, प्रदेश समन्वय सयन्त्रका सबन्धमा छलफल गरिने पार्टीले जनाएको छ । यस सेसनमा केन्द्रीय समिति सदस्य, आमान्त्रित सदस्यहरूमा केन्द्रीय संगठन बिभाग, प्रशिक्षण बिभाग एवम प्रदेशका महामन्त्रीहरू सहभागी रहनेछन् । 

 

उता, केन्द्रीय समिति सदस्यहरू मात्रै रहने बैठकमा सहकारी सबन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएका विधेयक र पार्टी धारणा सबन्धी छलफल , पार्टी संरचना सबन्धमा प्रारम्भिक छलफल गरेर पहिलो दिनको बैठकको समिक्षा र दोस्रो दिनको छलफलको तयारी गरिने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

 

सभापति रबि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परी हिरासतमा रहे पछि कार्यबाहक सभापति डीपी अर्यालको अध्यक्षता पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । 

प्रतिकृया दिनुहोस