• सोमबार-पौष-२२-२०८१

‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक (म्युजिक भिडियोसहित)


काठमाडौँ, २० पुस : वरिष्ठ साहित्यकार टङ्क भट्टराईको शब्दमा रहेको ‘दिलमायाको चिया दोकान’ बोलको गीत भावसागर युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।  

 

संगीतकार राजनराज सिवाकोटीको संगीत, गायिका मिलन नेवार र वरिष्ठ ईन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा सजिएको गीतलाई ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड तथा किशोर थापाले मिक्स ÷ माष्टर गरेका छन  । ताप्लेजुङको फुङलिङ बजारमाअवस्थित यो ‘चिया दोकान’को लोकप्रियता यसको स्वाद र यो गीतसँग जोडिएको छ  । 

 

गीतको भिडियोमा नव कलाकारहरु नवीन भट्टराई, मारियम सिवा, निर्मला लावुङ (मिरा), दिनेश लिङ्खिम लगायतले अभिनय गरेका छन  ।  गीतको कोरियोग्राफी हिमा बराईली (बि बोइङ डान्स सेन्टर) ले गरेकि छिन । क्यामेरामा भुपेन्द्र योङ्हाङ र फुङ्सो जबेगु, मेकप आर्टिस्ट शान्ति ब्युटी पार्लर फुङलिङ बजार रहेका छन ।  

 

भिडियोको निर्देशन मिलन बिश्वकर्माले गरेका छन भने प्रोडक्सनको पुर्ण जिम्मेवारी पाथीभरा कृयशन हाउस प्रा. लि.का हर्कराज गुरुङले गरेका छन ।  बदलिदो समाजलाई हाम्रो मौलिक परिचय ‘चिया दोकान’ ले परिभाषित गर्ने हेतु ताप्लेजुङमा सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका साहित्यकार  भट्टराईले जुराउनु भएको नाम ‘दिलमायाको चिया दोकान’ले नेपाली मौलिकता र राजनीति विश्लेषण गर्ने थलोको रुपमा परिभाषित छन । 

 

अडियो भिडियोको निर्माणमा प्रजिन हाङबाङ, युवराज गिरी, लोकेश लिवाङ, काजी गुरुङ, हर्क राज पालुङ्वा, डम्बर लङ्वा, युवराज घोर्साईं, राजेन्द्र पन्त, सुनिल रेग्मी, आशिष केदेम, करण गौतम, रमला लिम्बु, सुरेन्द्र कार्की ÷ मनिसा भट्टराई – कालिज कटेज, दिनेश लिङ्खिम, लेखक प्रशान्त, छेतेन शेर्पा, खगेन्द्र अधिकारी, एलिना दियाली,सन्तोष पुर्कुटी, सेविका (दिलमाया) लगायतको सहभागिता रहेको छ  । –––

 

भिडियो ः

प्रतिकृया दिनुहोस