• आइतबार-पौष-२१-२०८१

सङ्घीय संसद् बैठक बोलाउन आग्रह

 

काठमाडौँ, १९ पुस : संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सङ्घीय संसद्को बैठक बोलाउन आग्रह गरेको छ ।

 

पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज बसेको स्थायी समिति बैठकले संसद् बैठक बोलाउने विषयमा आलटाल गरिएको भन्दै संसद्को बैठक बोलाउन दबाब सृजना गर्ने निर्णय गरेको छ । 

 

संसद्को बैठक बोलाउने सवालमा ढिलासुस्ती गरेको बारेमा बैठकमा छलफल भएको र जसका कारण  लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

 

बैठकमा सहभागीहरूले समसामयिक परिस्थिति र पार्टी रूपान्तरणलगायत विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । माओवादी स्थायी समिति बैठक भोलि दिउँसो २ः०० बजे बस्नेगरी स्थगित भएको छ ।
–––

प्रतिकृया दिनुहोस