• बिहीबार-पौष-११-२०८१

सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुट


गोलबजार (सिरहा) १० पुसः सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शत्प्रतिशत छुट दिने भएको छ । मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१  गत मङ्सिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियोे ।

 

सोही ऐनअन्तर्गत सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुटसम्बन्धी निर्णय भएको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत सुनिलकुमार शाहले जारी गरेको सूचनामा उल्लेख छ ।

 

यस्तै, यातायात व्यवस्था कार्यालय लहान, सिरहाले पनि आज यससम्बन्धी सूचना जारी गरेर जानकारी दिएको छ । कार्यालयका वरिष्ठ शाखा अधिकृत विनीतकुमार झाले जारी गरेको सूचनामा ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको एक वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नवीकरण गराउँदा, सवारीसाधन कर र नवीकरण दस्तुरमा लाग्ने जरिवानामा शत्प्रतिशत छुट दिने उल्लेख छ ।
---

 

प्रतिकृया दिनुहोस