भागदौड मृत्यु प्रकरण : अल्लु अर्जुनले मुख खोले, 'मेरो चरित्र हत्या गर्न खोजियो'
हैदराबाद, ७ पुस । पुष्पा-२ का अभिनेता अल्लु अर्जुनले हैदरावादमा भएको भागदौडको घटनालाई लिएर प्रतिक्रिया दिँदै यसलाई अपमानजनक भनेका छन् । उनले सो घटनाका बारेमा पहिलो पटक मुख खोल्दै यस विषयमा धेरै गलत जानकारी फैलाइँदै आएको बताएका छन् ।
सञ्चारमाध्यमसँग कुरा गर्दै अल्लु अर्जुनले यस विषयमा धेरै किसिमका गलत सूचना फैलाइएको बताएका हुन । ‘म कुनै व्यक्ति, विभाग वा राजनीतिक नेतालाई दोष दिन चाहन्न, तर यो अपमानजनक छ र चरित्र हत्या जस्तो देखिन्छ।’ उनले घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना पनि व्यक्त गरेका छन् ।
सुपरस्टारको यो टिप्पणी मुख्यमन्त्री रेवन्त रेड्डीको बयान पछि आएको हो, जसमा उनले अल्लु अर्जुनले डिसेम्बर ४ मा हैदराबादको सन्ध्या थिएटरमा पुलिसको अनुमति बिना आफ्नो फिल्म पुष्पा-२ को प्रिमियरमा भाग लिएको आरोप लगाएका थिए । घटनाबारे स्पष्टिकरण दिँदै कलाकारले सबै हल्ला र आरोप निराधार भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन अनुसन्धान आवश्यक रहेको बताए ।
गत डिसेम्बर ४ मा अल्लु अर्जुनको प्रिमियर शोका क्रममा सन्ध्या थिएटरमा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो भने मृतक महिलाको छोरा गम्भीर घाइते भएका थिए । प्रहरीले अल्लु अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापन विरुद्ध भारतीय दण्ड संहिताको धारा १०५ (दण्डनीय हत्या), ११८ (१) स्वैच्छिक चोट पुर्याउने र ३ (५) अन्तर्गत मुद्दा दर्ता गरे पछि उनी पक्राउ परेका थिए ।
पक्राउ परेर एकदिन हिरासतमा बसे पनि तेलाङना उच्च अदालतको आदेश पछि उनी ५० हजार धरौंटीमा चार हप्ताका लागि रिहा भएका थिए । यसैबिचमा मुख्यमन्त्रीले बोले पछि अल्लु अर्जुनले पहिलो पटक मिडियाका सामु मुख खोलेका हुन ।

प्रतिकृया दिनुहोस