कोशी प्रदेशमा प्रादेशिक हवाई उडानको लागि सकारात्मक छलफल
काठमाडाैं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी सहितको टोलीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग भेट गरी प्रादेशिक हवाई उडान संचालन र पर्यटन विकासको विषयमा सकारात्मक छलफल सम्पन्न गरेकाे छ । यो बैठक २०८१ मंसिर ३० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भएको जानकारी दिइएकाे छ ।
उक्त अवसरमा, मुख्यमन्त्री कार्कीबाट नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरुलाई स्वागत गर्दै प्रादेशिक हवाई उडानलाई व्यवस्थित गर्ने र कोशी प्रदेशको पर्यटन र हवाई उडान क्षेत्रको विकासमा निगमको योगदानको कदर गर्ने विचार व्यक्त गरिएकाे थियाे ।
मुख्यमन्त्री कार्कीले प्रादेशिक हवाई उडानको अवधारणा प्रस्तुत गर्ने क्रममा नेपाल वायुसेवा निगमको सहकार्यको महत्वलाई विशेष रूपमा जोड दिनु भएकाे थियाे ।
यस बैठकमा कोशी प्रदेशका जनसम्पर्क सल्लाहकार रवि खनाल, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी, निगमका संचालक समिति सदस्य किशोर प्रधान, बजार व्यवस्थापन विभागका निर्देशक टंकनिधि दाहाल, सेन्ट्रल रिजर्भेसन कन्ट्रोल युनिट प्रबन्धक नवराज उपाध्याय, वरिष्ठ लेखा अधिकृत बिपुला बराल, वरिष्ठ अधिकृत नयन शर्मा र विराटनगर स्टेशनका प्रमुख सन्तोष खड्कालगायतका प्रमुख अधिकारीहरु पनि उपस्थित थिए ।
सो अवसरमा, प्रादेशिक हवाई यातायातलाई सुलभ बनाउन र कोशी प्रदेशको पर्यटन विकासमा सहयोग पुर्याउन नेपाल वायुसेवा निगम र कोशी प्रदेश सरकार बीच नयाँ जहाज खरिद, सञ्चालन र व्यवस्थापनका विषयमा उपयुक्त मोडालिटी तय गर्नका लागि छलफल भएको र यस विषयमा सकारात्मक सहमति भएको प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस