• आइतबार-पौष-७-२०८१

तालिवानको आक्रामणमा परी १६ पाकिस्तानी सैनिकले गुमाए ज्यान

 

इस्लामवाद, ७ पुस । पाकिस्तानमा एक आतंकबादी हमलामा १६ सैनिकको मृत्यु भएको छ । 

 

पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको सेनाको चौकीमा शनिबार आतङ्ककारीहरूले आक्रमणमा परी १६ पाकिस्तानी सैनिक मारिएका हुन । सो हमलामा परी थप ५ सैनिक गम्भIर घाइते भएका छन् । घटना अफगानिस्तान सीमाबाट ४० किलोमिटर टाढा माकिनमा भएको हो ।

 

पाकिस्तानी सेनाका एक अधिकारीका अनुसार ३० भन्दा बढी आतंककारीले सेनाको चौकीमा करिब २ घण्टा हमला गरेका थिए । सो क्रममा आतंककारीहरूले पोस्टमा रहेको ताररहित उपकरण र कागजातहरू सहित धेरै चीजहरूमा आगो लगाएका थिए भने यसपछि सबैजना घटनास्थलबाट भागेका थिए ।

 

आक्रमणपछि उक्त क्षेत्रको घेराबन्दी सुरु गरिएको छ । घटनास्थल नजिकै आतंकवादीहरुको खोजी भइरहेको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन । यस घटनाको जिम्मा तेहरिक ए तालिबान पाकिस्तान अर्थात टीटीपीले लिएको छ ।

 

आतंकवादीहरूले सैन्य पोस्टमा आक्रमणलाई आफ्ना वरिष्ठ कमाण्डरहरूको शहीदको बदलाको रूपमा वर्णन गरेका छन । समाचार अनुसार आक्रमणको क्रममा आतंककारीहरूले मेसिन गन, नाइट भिजन टेक्नोलोजीलगायत धेरै महत्त्वपूर्ण सैन्य उपकरणहरू लुटेर लगेका छन् ।

 

गत डिसेम्बर १८ मा पाकिस्तानी सेनाले पाकिस्तानको खैबर पख्तुनख्वामा तीन अलग अलग अपरेशनहरू गरेको थियो, जसमा उसले ११ आतंकवादी मारेको दाबी गरेको थियो । भनिन्छ, त्यसकै बदलामा पाकिस्तानी तालिवान समुहले सो आक्रामण गरेको हो । 

 

 

प्रतिकृया दिनुहोस