• शनिबार-पौष-२७-२०८१

एक महिला माथि बलात्कार गरेको भन्दै ५१ जना दोषी ठहर, सबैलाई जेल सजाय

 

काठमाडौं, ७ पुस । तपाईंलाई फ्रान्सको घटना याद होला, जसमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई आफ्ना चिनेजानेकाले ७२ पटक बलात्कार गराएका थिए । 

 

अहिले अदालतमा सजाय सुनाउने क्रम जारी रहेको छ । सो क्रममा उनका श्रीमानलाई २० बर्षको आजीवन कारावास सजाय सुनाइसकेको छ भने ती महिला माथि बलात्कार गर्ने थप ५१ जनालाइ पनि अदालतले सजाय सुनाएको छ । अदालतले क्रमशः सजाय सुनाएकाले संख्या थपिन सक्ने फ्रान्सेली मिडियाले जनाएका छन ।

  

त्यसो त उनका श्रीमानले आफनो अपराध प्रति पछुतो मान्दै अदालतमा श्रीमतीको खुब तारिफ गरिरहेका थिए र आफ्नो गल्तीको लागि परिवारसँग रूँदै माफी पनि मागिरहेका थिए । तर, अहिले अदालतले श्रीमान डोमिनिक पेलिकोटलाई सजाय दिइसकेको छ । अदालतले फैसाला सुनाएसँगै अब उनी २० वर्षको आजीवन कारावासको सजायमा गएका छन् ।
 

डोमिनिक पेलिकोटले आफ्नी पत्नी गिसेललाई १० वर्षसम्म लागूऔषध खुवाएर दर्जनौं पुरुष लगाएर बलात्कार गराएका थिए । यो कुरा अहिले अदालतमा उनले स्विकार पनि गरेका छन् र माफी पनि मागेका थिए तर अदालतले उनलाई माफी दिएन ।


गत सोमबार डोमिनिकले आफ्नो परिवारसँग माफी गर्न आग्रह गरेका थिए । र, परीक्षणको क्रममा आफ्नी पूर्व पत्नीको साहसको पनि प्रशंसा गरेर नाटक पनि गर्न भ्याएका थिए । तर, उनकी श्रीमती गिजेल एक यस्तो साहसी महिला हुन्, जसले यति धेरै यातना दिँदा पनि आफूलाई लुकाउन सकिनन्, बरु अगाडि आएर आफ्नो पतिको सारा कर्तुतको पर्दाफास गरि दिइन् र आफ्नो अनुहार पनि सारा संसारमा उजागर गरिन् । उनी विश्वभर एक उत्कृष्ट उदाहरणका रूपमा परिचित भएको भन्दै अहिले फ्रान्सेलीहरू तारिफ गरिरहेका छन । गिसेल अहिले ७२ वर्षकी भइन् ।

 

खासमा पति पेलिकोटले उनलाई निद्राको चक्की दिएर बेहोस बनाउँथे । त्यसपछि उसले धेरै पुरुषलाई बलात्कार गर्न लाइनमा उभ्याउथे। नशाका कारण अचेत भएकी गिजेल पहिलो पटक अदालतमा हाजिर हुँदा धेरै कुरा याद गर्न सकेकी थिइनन् । उनले भनेका थिइन्  ‘श्रीमानले घटना घटनु भन्दा पहिला मलाइ पुतलीजस्तै व्यवहार गर्दथे तर जब म नशामा लठ्ठ हुन्थे तर अरू नै मसँग आइसकेको हुन्थ्यो, यो कुरा धेरै पछि मलाइ थाहा भयो ।’

 

अहिले फ्रान्सेली प्रहरीले श्रीमानको कम्प्युटरबाट हजारौं फोटो, भिडियो र प्रमाण पनि फेला पारेको छ, जहाँ उनी माथी भएको दुर्ब्याबहारका बारेमा धेरै प्रमाणहरू भेटिएका छन । धेरै फ्रान्सेलीले उनलाइ माफी होइन, आजिवन काराबासमा लैजानु पर्ने भन्दै जोड गरिरहेका थिए । तर, अहिले फैसाला भएको छ ।

 

दोषी ठहरिएका ७२ वर्षीय डोमिनिक पेलिकोटले २० वर्ष जेल सजाय भोग्नुपर्नेछ । दोषीले आफूले कसैलाई पनि भ्रममा नराखेको स्वीकार गरेका छन् । जससँग सम्झौता भएको थियो, उनीहरु सबैलाई थाहा थियो के भइरहेको थियो। मुद्दाको सुनुवाइका क्रममा आरोपीले पटकपटक बलात्कार गरेको स्वीकार गरेका थिए ।

 

महिलालाई बलात्कार गर्नेहरु फ्रान्सका विभिन्न क्षेत्रका थिए । तिनीहरूमा सिपाही, चालक, सुरक्षा गार्ड, फायर फाइटर, पत्रकारहरू पनि थिए । त्यहाँ केही मानिसहरू थिए, जसको उमेर २२ वर्षका पनि थिए, धेरै अभियुक्तहरू त ७० वर्ष आसपासका थिए ।

 

यो कुरा पहिलो पटक सन् २०२० मा बाहिर आएको थियो । दोषी डोमिनिक ती महिलाको आपत्तिजनक भिडियो बनाउँदै गर्दा पक्राउ परेका थिए । अदालतको फैसलापछि दक्षिणी फ्रान्सेली सहर एभिग्नोनमा धेरै मानिस भेला भएका थिए । पीडितको पक्षमा अदालतको फैसलाको धेरैले प्रशंसा गरेका छन् । सो निर्णयप्रति सामाजिक सञ्जालमा पनि प्रतिक्रिया देखिएका छन् ।

 

 

प्रतिकृया दिनुहोस