महोत्तरीमा बस दुर्घटनाः २२ जना घाइते, दुई गम्भीर
बर्दिवास । महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन् । भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना हुदाँ २२ जना घाइते भएका हुन ।
जनकपुर आउँदै गरेको बस एक्कासी नियन्त्रित भइ पुलको रेलिङ तोड्दै बस पल्टिएको हो । जसमा सवार मध्ये २२ यात्रु घाइते भएको र २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले घाइतेमध्ये भारत परिहारकी २२ वर्षीया सरिता यादव र कोमल राउत गम्भिर घाइते छन् ।
अन्य घाइतेको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस