• शनिबार-मङ्सिर-२९-२०८१

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?



काठमाडौं । कालीमाटी तरकारी बजारले शनिबारको तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।


समितिका अनुसार आज ठूलो गोलभेँडा(भारतीय)को अधिकतम भाउ प्रतिकिलो १०० रुपैयाँ छ । रातो आलु ६०, प्याज ९५, स्थानीय गाजर १००, बन्दा ५०, स्थानीय काउली ९०, लाम्चो भन्टा ७०, डल्लो भन्टा ७०, तने बोडी १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।


घिउ सिमी १३०, टाटे सिमी १२०, तिते करेला ९०, लौका ७०, परवर(तराईको)  ९०, चिचिण्डो ६०, घिरौंला ९०, भिण्डी ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
 

 

प्रतिकृया दिनुहोस