• शनिबार-मङ्सिर-२९-२०८१

काठमाडौं महानगरपालिका ७७ वटै जिल्लाबाट आउने नागरिकहरुका लागि राजधानी बन्न सकोस्  : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो ।  


दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं  महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले  काठमाडौं महानगरपालिकाको  शुसासन र  व्यवस्थापनलाई सुदृढ बनाउने सबैमा कृतज्ञता व्यक्त गरेका हुन् ।


उनले भने, ‘ आज यो ३० औँ महानगर दिवस मेरो लागि धन्यवादको दिवस हो । महानगरले दिने सेवा, काम कर्तव्यको बारेमा  सबैले सहयोग पुर्याउनु भएको छ । महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाइदिनु हुने सम्पूर्ण सरसफाई कर्मचारिहरुलाई धन्यवाद दिन चाहन्छु । काठमाडौं महानगरपालिकाको  शुसासन र  व्यवस्थापनलाई सुदृढ बनाइदिनु हुने नगर प्रहरी साथीहरुलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु ।  काठमाडौं महानगरको विभिन्न विभाग शाखामा कार्यरत सबैलाई धन्यवाद दिन चाहन्छु । सबैले महानगरको लागि शिक्षा,स्वस्थ्य , सम्पदा र विविध विभिन्न क्षेत्रमा आफ्नो योगदान दिनु भएको छ ।’


साथै  उनले यो  महानगरपालिका आफैंमा राजधानी भएको बताए । उनले राजधानी बासीका लागि मात्र नभएर यो  महानगरपालिका ७७ वटै जिल्लाबाट आउने सम्पूर्ण नागरिकहरुको आफ्नो राजधानी बन्न सकोस् भनेर शुभकामना ब्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस