भारतीय सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न प्रधान सेनापति भारत जाँदै
काठमाडौं – नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल मित्रराष्ट्र भारतको स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा २०८१ मंसिर २६ देखि २९ गते (११–१४ डिसेम्बर २०२४) सम्म भारतको भ्रमणमा जाने भएका छन्।
भ्रमणका क्रममा भारतका महामहिम राष्ट्रपतिबाट प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरिने कार्यक्रम छ। यो परम्परा दुई देशका सेनाबीचको ऐतिहासिक सम्बन्ध र मित्रताको प्रतीक मानिन्छ।
यस अवसरमा प्रधान सेनापतिले भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग औपचारिक भेटघाट गर्नेछन्। साथै, Indian Military Academy मा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाज कार्यक्रममा प्रमुख अतिथि (Reviewing Officer) का रूपमा सहभागी हुने कार्यक्रम पनि रहेको छ।
यो भ्रमणले नेपाल र भारतबीचको सैनिक सहयोग र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस