• बुधबार-मङ्सिर-१९-२०८१

कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १ सय ५० रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ । 


कर्णाली याक्सले २० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ५० रनको लक्ष्य दिएको हो । टस जितेपछि गोर्खाजले बलिङ् राजेपछि कर्णालीले पहिले ब्याटिङ् गरेको हो । कर्णालीका लागि शिखर धवन एक्लैले ७२  रन जोडेर १५० रनको लक्ष्य काठमाडौं गोर्खाजलाई दिएको हो ।


कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौं गोर्खाजका कप्तानमा करण केसी छन् । कर्णाली र काठमाडौं दुवैको यो दोस्रो खेल हो, यो भन्दा अगाडिको खेलमा दुवै टिमले जित हासिल गर्न सकेको थिएन् । 
 

कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।   
 

 

प्रतिकृया दिनुहोस