उपराष्ट्रपति यादव गृह जिल्ला पुगेर गरे गढीमाईको दर्शन
बारा, १७ मंसिर । उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाईको दर्शन गरेका छन् ।
उपराष्ट्रपति यादवले सोमबार बिहान साढे १० बजे विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाई मन्दिरको दर्शन गरेका हुन् । त्यस अवसरमा मन्दिरमा पूजारीबाट उपराष्ट्रपति यादवले टिकाप्रसाद समेत ग्रहण गरेका छन् ।
गढीमाई मेलाको अवसर पारेर बाराको बरियारपुर स्थित रहेको गढीमाई मन्दिरमा बिदेशी पर्यटकहरुको समेत घुइँचो लाग्ने गरेको छ । प्रत्येक पाँच पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाले नेपालको एउटा बेग्लै पहिचान बनाएको छ । गढीमाईको दर्शन गर्न भारत लगाएत एसिया महादेशको विभिन्न देश बाट दर्शनार्थीहरु आउने गर्छन । उपराष्ट्रपति रामसहाय यादव आफ्नो गृह जिल्ला पुगेर गढीमाई मेलाको अवलोकन गर्नुको साथ साथै निरीक्षण समेत गरेका छन ।
यस बर्षको गढीमाई मेला मंसिर ०१ गतेदेखि सुरु भएको छ भने मुल मेला मंसिर १७ गतेदेखि सुरु भएको छ । पशु बलिको लागि बिश्वमै प्रसिद्ध रहेको गढीमाई मेलामा मंसिर २३ गते रङा र मंसिर २४ गते खसी र बोकाको बलि दिइने कार्यक्रम रहेको मेला मुल ब्यवस्थापन समितिका अध्यन एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए । विश्व प्रसिद्ध गढीमाई मेला सुरु भएसंगै नेपालका उपराष्ट्रपति लगाएत शीर्ष दलका नेता र मन्त्रीहरुले मेलाको अवलोकन गर्नु नै मेलाको ठूलो सफलता रहेको बताए । गढीमाई मेलाको केन्द्रदेखि लिएर प्रदेशका मन्त्रीहरुले अवलोकन गरिसकेका छन भने अझै अवलोकन तथा निरिक्षण गर्ने क्रम जारी नै रहेको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ ।
गढीमाई मन्दिर दर्शन गर्न आएका उपराष्ट्रपति रामसहाय यादवलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख लगाएत मेला मुल ब्यवस्थापन समितिले भब्य स्वागत गरेको थियो ।

प्रतिकृया दिनुहोस