• सोमबार-मङ्सिर-१७-२०८१

३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

 

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ ।

 

यो परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि छ । नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ ।

 

नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ ।

 

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन्।

 

कांग्रेसले जितेका ठाउँ

  • नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम
  • तेतर साहु, गढी गाउँपालिका-६ सुनसरी
  • शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहट
  • समसे आलम, राजपुर नगरपालिका-६ रौतहट
  • इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-१
  • राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका-४
  • अर्जुनप्रसाद तिवारी, हेटौंडा-१२, मकवानपुर
  • आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट-१
  • भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका-४ रोल्पा
  • अमिन थारु, ठाकुरबाबा नगरपालिका-४ बर्दिया
  • खम्बबहादुर सिंह, कुशे गाउँपालिका-७ जाजरकोट
  • मोतिराम खत्री, सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम
  • धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका-४ बझाङ
  • मोहन थापा, पुर्वीचौकी गाउँपालिका-६ डोटी
  • धनसिंह कुँवर, दुहु गाउँपालिका-५ दार्चुला
  • प्रकाश चन्द, भीमदत्त नगरपालिका-६ कञ्चनपुर

 

एमालेबाट निर्वाचित

  • कुमारी सावादेन, सिरिजंघा-३ ताप्लेजुङ
  • गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा
  • सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२ महोत्तरी
  • मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु
  • लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ दैलेख
  • जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख
  • सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

 

माओवादी केन्द्रले जितेका ठाउँ

  • नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका-१२ उदयपुर
  • सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१ धनुषा
  • कृष्ण घिमिरे, ककनी गाउँपालिका-२ नुवाकोट
  • विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५ गोरखा
  • जगत घर्ती, पुथा उत्तरगंगा-२ रोल्पा
  • नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
  • देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
  • नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा

 

जसपाबाट दुई

  • धिरेन्द्रकुमार साह, डाक्नेश्वरी-१, सप्तरी
  • देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी-४, सप्तरी

राष्ट्रिय स्वतन्त्र पार्टी

  • रोजिना श्रेष्ठ, काठमाडौं-१६

एकीकृत समाजवादी

  • बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८ रौतहट

नेमकिपा

  • खड्गराज शाही, तिलागुफा नगरपालिका-४ कालिकोट

स्वतन्त्र

  • लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका-६ झापा

 

प्रतिकृया दिनुहोस