• शनिबार-मङ्सिर-१५-२०८१

मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानीय खुसी



मुगु । मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानीय खुसी भएका छन् । नेपालको बिकट हिमाली जिल्ला शिक्षा, स्वास्थ्य , सञ्चार ,सडक क्षेत्रले पछि परेको मुगुमा संघीयता आएपछि बिकट बस्तीहरुमा सडक सञ्जाल दिन प्रतिदिन धमाधम जोडिन थालेका छन् ।


सोरुगाँउपालिका वडा नम्बर ४ मा रहेको  लिब्रु र रावलबाडा बस्तीहरुका सडक सञ्जाल जोडीएपछि स्थानीय बासीहरु सडक प्रयोग गर्न पाइने भयो खुसी भएका छन् । बिगतका दिनहरुमा रोजि रोटीको लागि भारत र राजपुर तिर गएपछि मात्र गाडी साइकलहरु देखेको भए पनि अहिले गाउँमा नै सडक सञ्जाल पुगेपछि खुसी लागेको सोरुगाँउपालिका वडा नम्बर ४ लिब्रुकी स्थानीय सम्झना बिकले बताइन् ।


उनले भनिन्, ‘यसरी हाम्रो जन्म भूमिमा गाडी पुगेपछि निकै खुसी भएका छौं, बिरामी हुँदा डोकोमा बोकेर ३,४ दिन उपचार गर्न वा ,अन्य सरकारी काम गर्न सदरमुकाम गमगढी ३ दिन लगाएर जाने गरेका थियौं , अब घरको आगनबाटै गाडी देख्न ,प्रयोग गर्न पाउने भयौं  निकै खुसी लागेको छ ।’


सोरुकोट मसिनामेला लिब्रु सडक खण्ड स्थानीय तहको पहलमा बिभिन्न सरकारी निकायको पहलमा ३,४ बर्ष पहिला देखी निमार्ण हुँदै आईरहेको थियो ।  यो सडक सोरुकोटदेखी लिबु्र नदीको किनारसम्म १३ किलो मिटर रहेको छ । यसको सडकमा  कुल लागत १ करोड भन्दा बढी रकम खर्च भएर निमार्ण भएकोे सोरुगाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज शाहीले बताए ।


निर्वाचनमा उम्मेदार भएर जनताको घर दैलोमा जाँदा जनतासामु पहिलो आफ्नो एजेन्डा सोरुगाँउपालिकामा रहेका ११ वडाहरुमा सडक सञ्जालको पहुँच पुर्याउने र सडकबाट नागरीकहरुको दैनक जीवनमा गरीने कार्यको सहज रुपमा पहुँच पुर्याउने लक्ष्य अनुसार सडक सञ्जाल निर्माण गरिएको सोरुगाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले बताए ।


 

प्रतिकृया दिनुहोस