वैद्य नेत्तृत्वको पार्टीको महाधिवेशन आजदेखि
काठमाडौं । मोहन वैद्य नेत्तृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
मंसिर २३ सम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे न्युरोडस्थित भूगोलपार्कमा हुने सो पार्टीले जनाएको छ । महाविधेशनमा विचारको बहससहित दस्तावेज पास गरेर नयाँ नेतृत्व चयन गर्ने पार्टीले जनाएको छ ।
विसं २०८० सालमा नेकपा (बहुमत) र यसै वर्षको वैशाखमा नेकपा (मसाल)का सन्तबहादुर नेपालीसँग एकतापछि हुन लागेको महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ ।

प्रतिकृया दिनुहोस