केटी जिस्काउने देवकाे यस्ताे रहेछ सत्य कथा...!
पर्सा जिल्लाको सानो गाउँमा १६ वर्षीय देव शंकर घोस परम्परागत लैङ्गिक मान्यतामा हुर्किए। उनका धेरै साथीहरूजस्तै, उनले पनि केटीहरूलाई जिस्क्याउनु सामान्य र हानिरहित ठाने-दैनिक जीवनको हिस्सा मान्दै। तर, जब उनले USAID को Adolescent Reproductive Health Activity अन्तर्गत किशोरहरूका लागि सञ्चालन गरिने Social Analysis and Action समूहमा सहभागिता जनाए, उनको सोच परिवर्तन हुन थाल्यो।
देवका लागि सबैभन्दा ठूलो परिवर्तनको क्षण तब आयो, जब उनले सकारात्मक पुरुषत्व र यौन हिंसाविरुद्ध किशोरहरूको भूमिकाबारे सिके।
सो समूहमा देव र उनका साथीहरूले लैङ्गिक समानता, पुरुषत्व, किशोर प्रजनन स्वास्थ्य, र लैङ्गिक न्यायजस्ता महत्त्वपूर्ण विषयहरूबारे छलफल गरे। देवका लागि सबैभन्दा ठूलो परिवर्तनको क्षण तब आयो, जब उनले सकारात्मक पुरुषत्व र यौन हिंसाविरुद्ध किशोरहरूको भूमिकाबारे सिके।
"पहिलो पटक, मैले सकारात्मक पुरुषत्व बुझें र केटीहरूलाई जिस्क्याउनु पनि हिंसाको रूप हो भन्ने थाहा पाएँ। मैले केटीहरूको सम्मान नगरेको रैछु भन्ने बुझें।"
यी सत्रहरू केवल छलफल मात्र नभई परिवर्तनको सुरुवात पनि बने। आफ्ना साथीहरूको समर्थनमा, देवले आफैंले स्वीकारेका पुराना सोच र मान्यताहरूलाई प्रश्न गर्न थाले। उनले यी हानिकारक विश्वासहरू आफ्नो र आफ्नो समुदायबाट हटाउन दृढता व्यक्त गरे।
"अब, म सबै प्रकारका महिलामाथि हुने हिंसा अन्त्य गर्न चाहन्छु। म मेरा साथीहरू र दाजुभाइहरूलाई पनि सम्मान र समानताको संसार निर्माणमा मेरो साथ दिन आग्रह गर्छु।"
देवको कथा शिक्षा र संवादले कसरी परिवर्तन ल्याउन सक्छ भन्ने उत्कृष्ट उदाहरण हो। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा USAID Adolescent Reproductive Health Activityले सबैलाई यी कदमहरू चाल्न आह्वान गर्दछ:
🌟 किशोरहरू र पुरुषलाई सकारात्मक पुरुषत्व र लैङ्गिक समानता प्रवर्द्धनमा उनीहरूको भूमिकाबारे शिक्षित गरौं।
🌟 किशोरहरूलाई लैङ्गिक पूर्वाग्रहहरूलाई चुनौती दिन र सम्मानको भावना विकास गर्न सशक्त पार्ने कार्यक्रमहरूमा लगानी गरौं।
🌟 युवा पुस्तालाई सोच्न, सिक्न, र परिवर्तनका संवाहक बन्न प्रेरित गर्ने सुरक्षित ठाउँहरू प्रवर्द्धन गरौं।
देवको यात्राले प्रमाणित गर्छ कि परिवर्तन सम्भव छ, यदि हामीले युवाहरूलाई हानिकारक मान्यताबाट बाहिर निस्कन आवश्यक सहयोग र समर्थन प्रदान गर्यौं भने। सँगै मिलेर, पक्कै परिवर्तन ल्याउन सक्छौं।
( साभार : USAID सामाजिक सञ्जाल)

प्रतिकृया दिनुहोस