• बुधबार-मङ्सिर-१२-२०८१

बीआरआईमा सहमति जुटाउन देउवा निरन्तर छलफलमा 

 

काठमाडौं ।  नेपाली कांग्रसमा चिनियाँ परियोजना बीआरआईको विषयमा भिन्न मत देखिएपछि आन्तरिक छलफलमा जुटेको छ । सभापति शेरबहादुर  देउवाले सार्वजनिक रुपमा चीनबाट ऋण नलिने बताएपछि  कांग्रेसभित्र दुुईथरी मत देखिन थालेको हो । एकथरीले चिनियाँ सहायता नलिने भन्ने नीतिले चीनसँगको सम्बन्ध बिग्रिने बताइरहेको छ भने अर्को पक्षले ऋण लिनै नहुने अडान राखेको छ । त्यसैले,अहिले कांग्रेस नेताहरु निरन्तर छलफलमा जुटेका छन् । स्रोतहरुका अनुसार सभापति देउवा चीनलाई चिढ्याएर लैजान नहुने पक्षमा देखिउका छन् । त्यसले गर्दा बीआरआईमा केही न केही सहमति जुटाउनुपर्ने बाध्यतामा रहेका छन् ।

 

तर, उनकै समूहका नेताहरु प्रकाशशरण महत, विमलेन्द्र निधिदेखि  इतर समूहका नेता शेखर कोइराला पनि विरोधमा देखिएका छन् । महत र निधिहरुले बीआरआईको ऋण लिनै  नहुने पक्षमा रहेका छन् भने कोइराला संसदबाट अनुमोदन गराउनुपर्ने मत राखिरहेका छन् । त्यसैले, अहिले कांग्रेसभित्र बीआरआईले रस्साकस्सी चलेको देखिन्छ ।त्यहीकारण आज विहान पनि कांग्रेस नेताहरुवीच छलफल भएको थियो ।  बीआरआईको विषयमा निर्णय लिनका लागि कांग्रेस नेताहरु छलफलमा जुटेका  थिए । तर, त्यसमा पनि सहमति भने जुटेको छैन । यद्यपी, सभापति देउवा र महामन्त्री गगन थापा मिलाएर जानुपर्ने पक्षमा रहेको छ । 

 

तर, उनीहरुले नै कानुनी सल्लाह लिइरहेका सेमन्त दाहालको भूमिका कारण बीआरआई सहमति जुट्ने संभावना कम भएको पनि टिप्पणी हुन थालेको छ । एमसीसी परियोजनाका परामर्शदाता रहेका दाहाल नै बीआरआई परियोजना कार्यान्ववयनको फ्रेमवर्क बनाउने जिम्मा पाएका कारणले पनि समस्या आउने आरोप लाग्न थालेको हो । दुई प्रतिस्पर्धी परियोजनामा एकै व्यक्ति जोडिने भएका कारणले पनि बीआरआईमा सहमति जुटाउन चीनले अस्वीकार गर्न सक्ने पनि संभावना रहेको छ । कांग्रेस सभापति देउवा भने अहिलेको सरकार नढल्ने  गरी सहमति जुटाउनुपर्ने पक्षमा रहेका एमाले स्रोतको भनाइ छ । त्यस्तो अवस्थामा कार्यान्वयन योजनामा सहमति जुटेपनि परियोजना भने सम्झौता  नहुने स्रोतहरुको भनाइ छ । 

प्रतिकृया दिनुहोस