पोखरा विमानस्थलबाट नाउरको सिङसहित युक्रेनी नागरिक प क्राउ
पोखरा । नाउरको सिङसहित प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिकलाई पक्राउ गरेको छ ।
विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्स-रे मेसिनमा जाँचका क्रममा २१ वर्षीय युक्रेनी नागरिक फिलिप जिल्को भिस्कीको झोलामा नाउरको सिङ फेला परेको थियो ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उक्त सिङसहित युक्रेनी नागरिकसहित अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)को कार्यालयमा बुझाएको छ ।
उनलाई अनुसन्धानका लागि एक्यापको नियन्त्रणमा राखेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्दा अघि बढाइने बताइएको छ ।

प्रतिकृया दिनुहोस