• मंगलबार-मङ्सिर-११-२०८१

होटल तथा पर्यटन व्यवसायीहरुले सुरु गरेको 'घुमौँ मधेश, बुझौँ मधेश'

यस्तो छ सरकारको महत्वाकांक्षी योजना

 

 

मङ्सिर, ११ महोत्तरी । होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश ले `घुमौँ मधेश, बुझौँ मधेश´ भन्ने अभियानलाई मधेश प्रदेश सरकारले स्वामित्व लिएको छ । महासंघले पर्यटन प्रवर्द्धन गर्न सुरु गरेको अभियानलाई सरकारले महत्वाकांक्षी सरकारी कार्यक्रम अन्तर्गत राखेको हो ।

 

पर्यटन विकासको महत्वपूर्ण आधार वनाएर माहासंघले ५ जेठदेखि बाराबाट सुरु गरेको यो अभियानलाई सरकारले आफ्नो कार्यक्रम अन्तर्गत राखेसगैँ पर्यटन विकासमा कोशेढुंगा सावित हुने विस्वास लिईएको छ । `मधेश प्रदेश सरकारले पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको बेला महत्वाकांक्षी सरकारी कार्यक्रमकोरुपमा राख्दै ‘घुमौँ मधेश, बुझौँ मधेश’ का संयोजक विकास ठाकुरलाई मुख्यमन्त्रीले  नियुक्त गरेका छन ।´

 

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कुमार कर्णले भने । `यो अभियान थप उचाईमा पुग्ने विश्वास लिएका छौँ ।´ मधेश आफैँ पनि तन्नेरी आँट, सङ्कल्प र क्रियाशीलताको पर्खाइँमा रहेको बताउँदै सल्लाहकार कर्णले सार्थक परिणामको रूपरेखा बन्नेमा अपेक्षा गरे । माहासंघका अध्यक्ष हिरा गौतमको संयोजकत्वमा सुरु भएको `घुमौँ मधेश, बुझौँ मधेश अभियान` अहिलेसम्म मधेशका ४ वटा जिल्लामा सम्पन्न भैइसकेको छ ।

 

५ बैशाखमा बाराका पर्यटकीय गन्तव्यहरुको पहिचान गरी प्रवर्द्धन गरेसगैँ सिरहा, महोत्तरी र सर्लाहीका पर्यटकीय क्षेत्रहरुमा अभियान चलाईसकेको महासंघका माहासचिव वैकुण्ठ सापकोटाले जानकारी दिए ।

 

यस्तै, प्रकृतिको अभियान महोत्तरीको बर्दिवासस्थित उद्योग बाणिज्य संघले नगर क्षेत्रमा ६ महिनासम्म चलाएको थियो । घुमेर पहिचान भएका ठाउँहरुलाई संघले एक प्रतिवेदन तयार गरी सरकारका तिनै तहलाई हस्तान्तरण गरिसकेको छ ।

 

 

प्रतिकृया दिनुहोस