अदुवाको रस स्वास्थ्यका लागि फाइदाजनक
अदुवाले खानाको स्वाद बढाउनुका साथसाथै स्वास्थ्यलाई पनि उत्तिकै फाइदा गर्दछ । अदुवामा जिंक, आयरन, भिटामिन सी, क्याल्सियम, म्याग्नेसियमजस्ता कयौं पोषकतत्वहरु हुने गर्दछ ।
– अदुवामा एन्टीभाइरल गुण हुन्छ, जसले रुघा, खोकी तथा मौसमी रोगहरुबाट बचाउन मद्दत गर्दछ । यसका साथसाथै यसले प्रतिरक्षा प्रणाली पनि बलियो बनाउँछ ।
– ग्यास, एडिसिटी, अपच तथा पेटको दुखाईमा अदुवाको रसले निकै फाइदा गर्दछ । एक चम्चा अदुवाको रसमा बिरेनुन मिलाएर खाएमा तुरुन्त राहत पाउन सकिन्छ ।
– हृदयको स्वास्थ्यका लागि पनि अदुवाको रस फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउन र रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ । नियमित यसको सेवले कोलेस्ट्रोल पनि नियन्त्रण गर्न सकिन्छ ।
– महिला महिनावारी भएको समयमा पेटको दुखाई कम गर्नका लागि अदुवाको रस निकै प्रभावकारी हुन्छ । यसले मासपेशीको तनाव कम गर्न मद्दत गर्दछ ।
– उल्टी हुने र चक्कर लाग्ने समस्यामा पनि अदुवाको रस पिउन सकिन्छ ।
– अदुवाको रस अर्थराइटिस र मासंपेशीको दुखाई कम गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ । यसमा एन्टीइन्फ्लेमेटरी गुण हुन्छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १०)

प्रतिकृया दिनुहोस