• बिहीबार-मङ्सिर-६-२०८१

नेकपाले पार्टी पुनर्गठन दिवसको अवसरमा मङ्सिर ७ गते दीपावली र ८ गते जनसभा गर्दै 



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसको अवसरमा मङ्सिर ७ गते दीपावली र ८ गते भृकुटीमण्डपमा जनसभा आयोजना गर्ने भएको छ । 


२०८१ मंसिर ५ गते बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपाले पार्टी पुनर्गठनको ११औं दिवसको अवसरमा मङ्सिर ७ गते बेलुका ५ः३० बजे पार्टी सम्बद्ध संगठनका निकायदेखि कार्यकर्ता र जनस्तरसम्म दीपावली गर्ने र ८ गते काठमाडौंको भृकुटीमण्डपमा जनसभा कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ । नेकपाका अनुसार उक्त  कार्यक्रमलाई महासचिव विप्लव सीले सम्बोधन गर्ने छन् । 


विचार, राजनीति र संगठनको हिसाबले भिन्न प्रस्तावसहित नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको दिनलाई दिवसको रूपमा मनाउन मङ्सिर ८ गते काठमाडौंको भृकुटीमण्डपमा उत्सवसहितको कार्यक्रम आयोजना गर्न लागेको नेकपाले जनाएको छ । 


कार्यक्रममा विभिन्न कलाकार, साँस्कृतिक टोली र स्थानीय कला सँस्कृतिहरुको प्रस्तुति रहने र कार्यक्रम अघि सुन्धाराबाट बिहान ११ः ३० बजे बागबजार हुँदै पुतलीसडकबाट जुलुस प्रदर्शन समेत गरिने कार्यक्रम रहेकाे जानकारी दिइएकाे छ । 

 

 

प्रतिकृया दिनुहोस