• बुधबार-मङ्सिर-५-२०८१

भारतका स्थल सेनाध्यक्ष द्विवेदी काठमाडौँमा

 

काठमाडौँ,  मंसिर ०५ गते । प्रधान सेनापति महारथी  अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी (General Upendra Dwivedi, PVSM, AVSM) पाँच दिने भ्रमणको सिलसिलामा आज  २०८१ मंसिर ०५ गते काठमाडौँ आईपुग्नु भएको छ ।

पाँच सदस्यीय भ्रमणदलमा उहाँकी धर्मपत्नी तथा भारतीय सेनाको Army Wives Welfare Association (AWWA) की अध्यक्ष श्रीमती सुनिता द्विवेदी पनि सहभागी हुनुहुन्छ । उहाँहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री प्रेम ध्वज अधिकारी र उहाँकी धर्मपत्‍नीले स्वागत गर्नु भएको थियो । 

भ्रमणका क्रममा जनरल द्विवेदीलाई यही मङ्सिर ६ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । 

 

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
–––

 

 

प्रतिकृया दिनुहोस