• सोमबार-मङ्सिर-३-२०८१

ईरासँग सम्बन्ध सुधार्न थेरापी लिदै आमिर खान

 

मुम्बई । वर्तमान विश्वमा मानिसहरु मनको शान्ति पाउनका लागि अनेक किसिमका थेरापी लिने गर्दछन् । तर सन् ९० को दशकका दिग्गज कलाकार आमिर खान भने फरक कारणका लागि यतिबेला नियमित थेरापी लिइरहेका छन् । उनको यो थेरापीमा छोरी इराले पनि साथ दिइरहेकी छन् ।


ओटीटी प्लेटफर्म नेटफ्लिक्सको पोडकास्टमा मानसिक स्वास्थ्यका विषयमा गरिएको कुराकानीमा आमिरले छोरी आइरासँगको सम्बन्धलाई मजबुद बनाउन आफू र आइराले थेरापी लिइरहेको बताएपछि सबैले उनीहरु प्रति चासो देखाएका छन् ।

आमिरले फ्यानसँगै सबैलाई अनिवार्य थेरापी लिन सल्लाह पनि दिएका छन् ।


‘म छोरी इरासँग संयुक्त थेरापी लिइरहेको छु । हाम्रो सम्बन्धमा जति पनि आपसी मुद्दा छन्, त्यसलाई समाधान गर्नका लागि काम गरिरहेको छु । पहिला म केही असहज थिएँ, तर अब मलाई थेरापी मानिसलाई कति आवश्यक छ भन्ने थाहा भइसकेको छ । म मानिसहरुलाई भन्न चाहन्छु कि थेरापिस्टसँग भेट गर्नका लागि कुनै पनि संकोच नमान्नुहोला । हामी कैयौं वर्षदेखि थेरापिस्ट कहाँ गइरहेका छौं । यो निकै शक्तिशाली र दमदार साबित भइहेको छ’, उनले भनेका छन् ।


इराले पनि आमाबाबुसँगको सम्बन्धलाई सन्तुलनमा राख्नका लागि थेरापी महत्वपूर्ण साबित भएको उल्लेख गरेकी छन् ।  कामको कुरा गर्दा आमिर ‘लाल सिंह चड्डा’ रिलिजको दुई वर्षसम्म अभिनयबाट टाढा छन् । तर आउने दिनमा उनी ‘गजनी २’, ‘सितारे जमिन पर’, ‘कुली’ र ‘लाहोर १९४७’मा देखिँदैछन् ।

प्रतिकृया दिनुहोस