च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा भंग, इन्टरमिलानसँग पराजित
काठमाडौं । विवादास्पद पेनाल्टीका कारण च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
गएराति भएको खेलमा आर्सनल इन्टर मिलानसँग १–० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा इन्टर मिलानले विवादास्पद पेनाल्टी पाएपछि आर्सनलले सिजनकै पहिलो हार बेहोरेको हो ।
पहिलो हाफको इन्ज्युरी समयमा हाकान काल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरमिलानलाई जित दिलाए ।
खेलको दोस्रो हाफमा आर्सनल आक्रमक रूपमा प्रस्तुत भए पनि गोल गर्न असफल भयो । आर्सनलले यो सिजन युरोपमा खेलेका चार खेलमा पहिलोपटक हार भोगेको हो । लिगमा २ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा हार भोगेको आर्सनल ७ अंकसहित १२औँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस