• मंगलबार-पौष-९-२०८१

प्रा डा पाठकको ८१ वर्षको उमेरमा निधन


कीर्तिपुर, २० कात्तिक : विश्वविद्यालय अनुदान आयोगका सदस्य एवं आणविक रसायनविद् प्रा डा तुलसीप्रसाद पाठकको ८१ वर्षको उमेरमा निधन भएको छ । 

 

    उहाँका मित्र प्रा डा उपेन्द्र कोइरालाले दिनुभएको जानकारीअनुसार  सोमबार बेलुका १०ः१५ राजधानीको ॐ हस्पिटलमा उहाँको निधन भएको हो । उहाँमा लामो समयदेखि छातीको समस्या तथा निमोनियाका साथै पछिल्लो समय दुवै मिर्गाैलाले काम गर्न छोडेको थियो । 

 

    विसं २००० को भाइटीकाका दिन जन्मनुभएका उहाँ विगतमा त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान अनुसन्धान केन्द्र (रिकास्ट) को प्रमुखसमेत रहनुभएका थियो भने पछिल्लो समय उहाँ विज्ञान सङ्कायको डिन छनोट समितिको संयोजकसमेत हुनुहुन्थ्यो ।

 

हाल अस्ट्रेलियामा रहेका दुई छोरा स्वदेश फर्केपछि प्रा डा पाठकको दाहसंस्कार हुने जानकारी प्राप्त भएको डा कोइरालाले बताउनुभयो । 
---

प्रतिकृया दिनुहोस