येशु ख्रीष्टका भाइको हड्डीको बाकस क्रिसमस अघि पुनः प्रदर्शनमा
काठमाडौं, ९ मंसीर । क्रिसमस २०२५ आउन अब एकदिन मात्रै बाँकी छ ।
यसै सन्दर्भमा येशू ख्रीष्टको भाइको हड्डीको बक्स फेरि एक पटक समाचार बनेको छ । खासमा यो इजरायलमा पाइएको दाबी गरिएको छ। यो बक्सा २००० वर्ष भन्दा पुरानो हो । हाल यो बक्सलाई अमेरिकाको एक प्रदर्शनीमा राखिएको छ, त्यसपछि यो फेरि मिडियामा चर्चामा आएको छ ।
सो बाकसमा अरामी भाषामा ‘जोसेफको छोरा जेम्स’ लेखिएको छ। संसारका पुरातात्विक विज्ञहरूले यसलाई येशूको समयको सबैभन्दा महत्त्वपूर्ण वस्तु भनेका छन्। यो बाकस चूना ढुङ्गाबाट बनेको छ र कुँदिएको छ । यस अस्थिमा, ‘जेम्स, जोसेफका छोरा’ अर्थात येशुका भाइ भनेर अरामी भाषामा लेखिएको छ । जसका कारण पुरातत्वविद्हरूले जेम्स द जस्टको अवशेष यस बाकसमा कुनै समय राखेको हुनसक्ने अनुमान गरेका छन् ।
खासमा जेम्स जेरूशलेममा ईसाईहरूको पहिलो धार्मिक नेता थिए । जेम्स येशूका भाइ थिए र जसलाई क्रुसमा टाँगिएको थियो । उनी यरूशलेममा ईसाईहरूको पहिलो नेता हुनुहुन्थ्यो। जानकारीका अनुसार हाल अमेरिकाको एट्लान्टास्थित पुलम्यान यार्डमा क्राइस्टका समयका ३५० वटा ऐतिहासिक कलाकृति प्रदर्शनीमा राखिएको छ ।
जानकारीका अनुसार यो बक्स सन् १९७६ मा फेला परेको थियो । तर धेरै बाइबलीय पुरातात्विक खोजहरू जस्तै यो कास्केट विवादमा फसेको थियो, जब यो २००२ मा सार्वजनिक रूपमा अनावरण गरिएको थियो ।
तर, पछि २००३ मा यसको मालिक ओडेड गोलानलाई यो पुरातात्विक वस्तु माथि जालसाँझी गरेको आरोप लगाइएको थियो, उनले चुनढुङ्गाको सो बाकासमा ‘ब्रदर अफ जीसस’ भन्ने वाक्यांश थपेको विज्ञहरुको आरोप छ । यो आरोपपछि गोलनले आफ्नो नाम निर्दोष बनाउनका लागि संघर्ष गरेका थिए तर १० वर्षको सुनुवाइपछि उनी निर्दोष साबित भए ।

प्रतिकृया दिनुहोस