• बुधबार-कार्तिक-२१-२०८१

सुदूरपश्चिममा तीन सय ९७ जुवाडे रु २९ लाख नगद सहित प क्रा उ


सुदूरपश्चिम, २० कात्तिक : चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन सय ९७ जुवाडेलाई प क्रा उ गरिएको छ । 

 

    पक्राउ परेकाहरूबाट रु २९ लाख सात हजार दुई सय ५४ बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जुवाताससम्बन्धी कसुरमा पक्राउ परेकामाथि प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइएको छ ।


 
    पक्राउ पर्नेमा कैलालीबाट सबैभन्दा बढी एक सय ८४ र कञ्चनपुरबाट एक सय ५९ जुवाडे रहेका छन् । यसैगरी डोटीमा १२, डडेलधुरामा २८, अछाममा नौ र बझाङमा पाँच जनालाई पक्राउ गरिएको छ । प्रदेशका सबै नौ जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्न थप चार हजार सुरक्षाकर्मीसमेत गरी ११ हजार पाँच सय प्रहरी परिचालन गरिएको थियो । सामान्य अवस्थामा नागरिकको सुरक्षाका लागि प्रदेशमा सात हजार पाँच सय प्रहरी खटिने गरेका छन् ।

 

    चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत ठाउँठाउँमा पिकेट टोली, मोबाइल टोली, स्ट्राइकिङ, पैदल गस्ती र सादा पोशाकका प्रहरी परिचालन गरिएका थिए ।  


  
    सीमा क्षेत्रबाट लागुऔषधको कारोबार, विष्फोटक पदार्थलगायत मालसमानको चोरी तस्करीका घटना हुन नदिन सीमावर्ती क्षेत्रमा प्रहरी सक्रियता बढाइएको थियो ।
---

प्रतिकृया दिनुहोस