नेपाली सेनाको हेलिकप्टरमार्फत एक गर्भवतीको उद्धार
किमाथाङ्का (सङ्खुवासभा), २० कात्तिक : सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ चेपुवाबाट एक जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोटखोला–२ चेपुवाकी गर्भवती ३५ वर्षीया जीवनकुमारी राईलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो ।
अठार घण्टा लामो प्रसूति ब्यथा लागेर चेपुवा स्वास्थ्यचौकी भर्ना हुनुभएकी ३५ वर्षीया राईलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका पब्लिक हेल्थ नर्स भवानी तिम्सिनाले जानकारी दिनुभयो । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्याउने व्यवस्था मिलाउने गरेको छ ।
यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्र भोटखोला भौगोलिक रुपमा निकै विकट मानिन्छ । प्रसूति ब्यथा लागेकी राईको स्वास्थ्य अवस्था जटिल हुँदै गएका कारण थप उपचारका लागि हवाई उद्धारमार्फत काठमाडौँ पठाइएको पब्लिक हेल्थ नर्स तिम्सिनाले बताउनुभयो ।
जिल्लामा पछिल्लो समय गर्भवती तथा सुत्केरीको उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दुर्गम क्षेत्रका जटिल प्रकारका सुत्केरी तथा गर्भवतीका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई उद्धार प्रभावकारी देखिएको छ ।
भौगोलिक विकटताका कारण नजिकमा बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको प्रसूति सेवा छैन । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दुर्गममा भरपर्दाे प्रसूति सेवा छैन । जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन ।
गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत विसं २०७७ देखि हालसम्म २० जना बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ । उद्धार गरिएका १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका छन् ।
–––

प्रतिकृया दिनुहोस