• मंगलबार-कार्तिक-२०-२०८१

एउटी नारीले प्रेममा पाएको घातसहितको मार्मिक कथा बोकेको समीक्षाद्वारा स्वरबद्ध 'मुटु रेटियो' (भिडियोसहित)

 

काठमाडौं । गायिका समीक्षा अधिकारीको आवाजमा मुटु रेटियो बोलको लोकगीत सार्वजनिक भएको छ। प्रेम सम्बन्धको मार्मिक कथा बोकेको गीतलाई प्रितम श्रेष्ठले तयार पारेका हुन् ।

 

गीतमा एउटी नारीले प्रेम विश्वासमा पाएको घात र त्यसपछि नेपाली समाजले गर्ने कटुतापूर्ण व्यवहार चित्रण गर्न खोजिएको श्रेष्ठले बताए। गीतमा शब्द र संगीत श्रेष्ठकै रहेको छ ।

 

'नेपाली समाजमा महिलामाथि गरिने व्यवहार अझै फरक छ । फरक व्यवहार भयो भन्दैमा समस्याबाट भाग्नु हुँदैन । डटेर सामना गर्नुपर्छ भन्ने सन्देश गीतले दिनखोजेको छ,' उनले भने । अमेरिका बसोबास गर्दै आएका श्रेष्ठले नेपाली गीत/संगीतलाई अगाध प्रेम गर्दै आएका छन् ।

 

गीतमा स्मारिका ढकाल, मुकुन्द भट्ट र रिता सिवाकोटीको मुख्य अभिनय रहेको छ । म्युजिक भिडियोमा काठमाडौं उपत्यकाका रमणीय र पर्यटकीय स्थल कैद गरिएका छन् । ढकाल र भट्ट पछिल्लो पुस्ताका चलेका मोडल हुन् ।

 

गीतलाई प्रवीण थापाले निर्देशन गरेका छन् । गीतमा कृष्ण बजुरालीको एरेन्ज, महेश महेराको छायांकन, अमृत चापागाईंको सम्पादन र रङ संयोजन रहेको छ । गीतको सहायक निर्देशन अमृत भट्टराईले गरेका  छन् ।

 

प्रितम श्रेष्ठको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गीतलाई युट्युव र टिकटकमा निकै रुचाइएको छ । श्रेष्ठले यसअघि पनि थुप्रै कर्णप्रिय गीत प्रस्तुत गरिसकेका छन् । यस पटक उनले नेपाली लोकसंगीतमा सशक्त गीत ल्याएको र उक्त गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको मोडल भट्टले बताए । देश बाहिर रहेर पनि नेपाली गीत/संगीतलाई श्रेष्ठले गरेको माया निकै सम्मान योग्य रहेको उनको भनाइ छ ।

 

श्रेष्ठको शब्द रचना र शान्तिश्री परियारको स्वरमा रहेको एआईबाट गाइएको माथि माया बग्छ गीतले पनि यसअघि स्रोताको मन जितेको थियो । मायालु पनि उनको रुचाइएको गीतमा पर्छ ।

 

भिडियो :

 

प्रतिकृया दिनुहोस