• मंगलबार-कार्तिक-२०-२०८१

सुनसरीकाे बराहक्षेत्रमा जीवन कार्कीको घरबाट ९ ला ख नगदसहित १५ जना नि यन्त्रणमा

 

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवा तास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ। कात्तिक १८ गते आइतबार बिहान बराहक्षेत्र नगरपालिका ३ नडाहा स्थित जीवन कार्कीको घरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

 

पक्राउ परेका व्यक्तिहरूमा ललितपुर सातदोबाटो निवासी ४४ वर्षीय नवराज राई, सुनसरी इटहरी उपमहानगरपालिका-१ निवासी ५१ वर्षीय प्रदिप तामाङ, बराहक्षेत्र-५ निवासी २७ वर्षीय नारायण कार्की, ४१ वर्षीय उत्तम मगर, बराहक्षेत्र-३ निवासी ३२ वर्षीय बिदुर कार्की, ४४ वर्षीय दिनराज राई, २४ वर्षीय मान बहादुर कार्की, बराहक्षेत्र-८ निवासी ४९ वर्षीय खड्ग बहादुर विष्ट, रामधुनी नगरपालिका-५ निवासी ४६ वर्षीय गौरी शङ्कर लुइटेल, बराहक्षेत्र-३ निवासी ४५ वर्षीय रेवत थापा, ३४ वर्षीय खगेन्द्र कार्की, ३० वर्षीय दिपेन्द्र कार्की, भोजपुर अरुण गाउँपालिका-३ निवासी ४५ वर्षीय जीवन कार्की, हतुवागडी-७ निवासी ३५ वर्षीय ज्ञान बहादुर राई, र भोजपुर आमचोक निवासी ४१ वर्षीय दुर्गाराज राई रहेका छन् ।

 

प्रहरीले जुवाको खालबाट ९ लाख ६८ हजार ९ सय ९५ रुपैयाँ नगद र २२ बुङ तास बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस