• शुक्रबार-कार्तिक-१६-२०८१

हङकङ सिक्सेसमा इङ्ल्याण्डमाथि नेपालको सानदार जित

 

काठमाडौँ । नेपालले हङकङ सिक्सेसमा विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

 

इङ्ल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले ५० रन बनाएका थिए भने लोकेश बमले २० तथा राशिद खानले २१ रन बनाएका थिए ।   

 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुदै ९७ रन बनाएको हो । इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए ।

 

त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, बिबेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए । अब नेपालले अर्को खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस