यस्तो छ दशैं पछिको ठूलो चाड तिहारको महिमा !
काठमाडौँ,१५ कार्तिक । तिहार हिन्दू धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो चाड हो ।
यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देशबाहक पन्छी काग र पानीको प्रमुख स्रोत मानिने पर्वतको समेत पूजा गरिने भएकोले तिहार प्रकृतिपूजक पर्व पनि हो ।
हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली) को रुपमा मनाउदै आएका यस पर्वलाई नेपाललगायत विश्वका थुप्रै देशमा धूमधामसाथ मनाइन्छ । भगवान् धनवन्तरीको जन्म भएको हुनाले यसलाई धनवन्तरी जयन्ती वा धनतरेस पनि भन्ने गरिन्छ ।
तिहार रंग, फूलमाला, उज्यालो र विभिन्न पूजाआजाको पर्वमा हो जसमा पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी जस्ता मिष्ठान्न खाई भब्य रुपमा हर्षोउल्लासका साथ रमाइलो गरी मनाउने गरिन्छ ।
काग तिहार
काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्छ । यमपन्चकको पहिलो दिन तिहारमा कागको पूजा गर्दा फूल, अक्षताले आकाशतिर छर्किदै पुजा गरिन्छ। कागका लागि भात, रोटि मिठार्इं तथा विभिन्न परिकार थाल वा दुना वा टपरीमा छ्तमा वा बाहिर राखिदिएर पूजा गर्ने चलन छ । काग अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ ।
कुकुर तिहार
कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइन्छ। भन्ने मन्त्र पढ्दै पूजा गर्ने गर्छ्न। कुकुर तिहारको पूजामा लागि फूल, अक्षता, माला तथा मिष्ठान्न भोजनले यस दिन घरमा पालेका कुकुर तथा कुकुर नपाल्नेहरूले बाहिरका कुकुरको पूजा गरी टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा ख्वाउने चलन छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले सहयोग गर्दछ । कुकुरले घर को रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ ।´कुकुरलाई भैरव को बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाइ पूजा गरी माला लगाइदिन्छौँ ।
गाई तिहार र लक्ष्मी पूजा
तिहारको पाँच दिनमध्ये तेस्रो दिन कार्तिक कृष्ण अमावश्या अर्थात् औंसीको दिन हो । यो दिनलाई गाई तिहार पनि भनिन्छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाई को गोबर ले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हिन्दू हरूको संस्कार छ । यस दिन लक्ष्मीलाई धनधान्यकी देवी र गाईलाई गौमाता मानेर पूजा गरिन्छ ।
गाईलाई पशुधनका रूपमा लिइन्छ । गाईको गोबरलाई मानिसले ‘एन्टिसेप्टिक’ का रूपमा प्रयोग गर्छन् । गाईले सूर्यबाट आउने विभिन्न हानिकारक विकिरणलाई सोस्ने काम गर्छ । यसले वायुमण्डललाई स्वच्छ बनाउन मद्दत पुर्याउँछ । गाईको गोबरबाट निकालिने गोबर ग्याँस एक प्रमुख जैविक इन्धन हो । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् ।
लक्ष्मी लाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर गाई तिहारको बेलुका लक्ष्मीपूजा गरिन्छ । लक्ष्मीको पूजा गर्न सयपत्री, मखमली फूल, अक्षता, अबिर, केशरी, जौ तिल, दही, पञ्चामृत, वस्त्र, सेलरोटी, शृंगारका सामग्री, नरिवल, लावा, मौसम वा अमिलो, जुनार, कपूर, सिन्के धूप, गाग्री, पैसा ढुकुटी पूजा गर्न तथा आँगन लिप्न रातो माटोको आवश्यकता पर्छ । सेलरोटी पनि लक्ष्मीलाई प्रसादका रूपमा चढाइन्छ ।
यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । यहि दिन महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म भएको थियो ।
सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।
गोरु तिहार (गोवर्धन पूजा)
गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा तिहारको चौथो दिन वा कार्तिक शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस दिन गोरुको पूजा गर्न फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदि तयार गरी फूलको माला लगाई मीठा खानेकुरा तथा पिठो खान दिने चलन छ । बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिन्छ । गोरु र हलोले खेत जोती आन्न फलाएर कृषिको बिकासमा र मानिसको जीवनमा क्रान्ति नै ल्याइदियो। त्यही भएर गुण तिर्न गोरुको पूजा गरेको हुनुपर्छ ।
भाइ टीका
भाइतिहार (भाइ टीका) तिहारको वा यमपन्चकको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका र महत्वका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराज लाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा यसलाई लिइन्छ ।

प्रतिकृया दिनुहोस