• शुक्रबार-कार्तिक-१६-२०८१

रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने

 

पोखरा । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

 

प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा पटक-पटक बयान लिएको थियो । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दीकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

 

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

 

लामिछानेलाई दिएको हिरासतमा राख्ने अनुमति बुधबार सकिएपछि आज तिहारदेखि तिहारको बिदा भएकाले अब उनलाई तिहारपछि अदालत खुले लगत्तै पेस गरिने कास्की प्रहरीको तयारी रहेको छ ।

 

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ । 

 

कास्की प्रहरीको बयान सकिएकोले अब लामिछानेलाई म्याद थप गरेर तिहारपछि रुपन्देही लैजाने बताइएको छ ।

 

 

प्रतिकृया दिनुहोस