चोरीको मोटरसाइकलसहित एक जना प्रहरीको नियन्त्रणमा
काठमाडौँ । काठमाडौँ महानगरपालिका ३२ पेप्सिकोलाबाट गएराति चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा काठमाडौँकै बाइसधारा बस्ने धादिङको बैरेनीका २४ वर्षीय आकाश तामाङ रहेका छन् ।
काठमाडौँको काठमाडौँ महानगरपालिका १५ बस्ने सुसान बुद्दचार्यले बागमती प्रदेश-०२-०२४ प ६६६८ नम्बरको मोटरसाइकल डल्लु आवासबाट हराएको भनि खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा निवेदन दिएका थिए । सोही आधारमा खोजी गर्ने क्रममा नम्बर परिवर्तन गरी बागमती प्रदेश-०२-०२४ प ६६ नम्बर राखेर चलाइरहेको अवस्था तामाङ गएराति २ बजे पेप्सिकोलामा भेटिएका हुन् ।
आवश्यक अनुसन्धानका लागि तामाङलाई प्रहरी वृत्त स्वयम्भू पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिएका छन् ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरन जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न समेत प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक चतुर्वेदीले अनुरोध गरेका छन् ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

प्रतिकृया दिनुहोस