• बुधबार-कार्तिक-१४-२०८१

मोहमद नाबीका छोरा हसन एनपीएलमा चितवनबाट खेल्न

 

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले अफगानिस्तानका यू-१९ क्रिकेटर हसन एइसाखिललाई भित्र्याएको छ । १८ बर्षीय ओपनिंग ब्याट्सम्यान हसनलाई एनपीएलका लागि भित्र्याएको चितवनले जानकारी दिएको छ ।

 

चितवनले भित्र्याएका हसन तेस्रो विदेशी खेलाडी हुन् ।  हसन अफगानिस्तानका भेट्रान खेलाडी मोहमद नावीका छोरा हुन् । यसअघि चितवनले दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज र इङल्याण्डका लुक बेनकेनस्टिनलाई अनुबन्ध गरेको थियो ।

 

चितवनका मार्की खेलाडीमा राष्ट्रिय टिमका कुशल मल्ल रहेका छन् । आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ । 

 

अहिलेसम्म सम्झौता भएका खेलाडी :

 

काठमाडौँ गुर्खाज

- नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस
 
लुम्बिनी लायन्स

- इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
- अस्ट्रेलियाका अलराउण्डर बेन कटिंग

जनकपुर बोल्ट्स

- न्यूजील्याण्डका जिम्मी निशाम
- अमेरिकाका जोसुआ ट्रोम्प

पोखरा एभेन्जर्स 

- वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
- नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
- अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

सुदूरपश्चिम रोयल्स

-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
- पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब

बिराटनगर किंग्स

- ओमानका कप्तान आकिब इलियास
- क्यानडाका लराउण्डर निकोलस किर्टोन

कर्णाली याक्स

- पाकिस्तानका अल राउण्डर हुसैन टलात
- हङकङका बाबर हायात   

चितवन राइनोज

- दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
- इङल्याण्डका लुक बेनकेनस्टिन
- अफगानिस्तानका हसन एइसाखिल

 

 

प्रतिकृया दिनुहोस