• मंगलबार-कार्तिक-६-२०८१

सुनको मूल्यले आजपनि नयाँ किर्तिमान

काठमाडौं । सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०८१ कात्तिक ६ गते मंगलबार सुन तोलाको ३ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ९ सय पुगेको छ ।

 

यस अघि सोमबार सुन तोलाको एक लाख ६५ हजार ६ सयमा कारोबार भएको थियो  ।

 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २१०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस