• सोमबार-कार्तिक-५-२०८१

आजपनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनको मूल्य बढ्ने क्रम आज कात्तिक ५ गते पनि जारी रहेको छ । सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०८१ कात्तिक ५ गते सोमबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ६ सय पुगेको छ ।

 

यस अघि कात्तिक ४ गते आइतबार सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो  ।

 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस