• सोमबार-कार्तिक-५-२०८१

जुम्ला पुगे प्रचण्ड, जनसभालाई सम्बोधन गर्दै

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज २०८१ कात्तिक ५ गते जुम्लामा हुने जनसभालाई सम्बोधन गर्ने भएका छन् ।

 

उनले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

 

प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।

 

त्यसअघि प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन् । आजै काठमाडौंबाट नेपालगञ्जहुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरी यहाँ आयोजित जनसभालाई सम्बोधन गरेर फर्किने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस