• बुधबार-कार्तिक-७-२०८१

चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा


काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा आइतबार राति चेल्सीलाई २–१ ले पराजित गरेको छ । यो जितपछि लिभरपुल केही घण्टापछि नै म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ ।


घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सालाह र कर्टिस जोन्सले गोल गरे ।


एनपिल्डमा सालाहले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्द लिभरपुललाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा निकोलस ज्याक्सनले चेल्सीका लागि बराबरी गोल गरे ।


तर ५१औं मिनेटमा जोन्सले सालाहकै पासमा गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । जितपछि लिभरपुलले ८ खेलबाट २१ अंक जोडेको छ र सिटीमाथि १ अंकको अग्रता कायम राख्दै शीर्ष स्थानमा उक्लेको छ । 

प्रतिकृया दिनुहोस