🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसद्वारा समिति गठन

काठमाडौँ, १९ चैत : नेपाली कांग्रेसले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ ।

कांग्रेसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनाको सन्दर्भमा कार्की आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी राय, सल्लाह र सुझावसहितको प्रतिवेदन पेस गर्न आज वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिमा संयोजक खनालसहित पूर्वन्यायधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र (आरसी) गौतम र युवा अभियन्ता यजश्वी राई सदस्य रहनुभएको छ ।

उक्त समितिले कार्की आयोगको प्रतिवेदन अध्ययन गरी सात दिनभित्र कांग्रेस केन्द्रीय कार्यालयमा पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *