काठमाडौँ, १६ चैत । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसिसी महिला च्यालेन्ज ट्रफीका लागि आज दोस्रो चरणमा १८ खेलाडी छनोट गरेको छ ।
छनोट हुने टोलीको कप्तानी इन्दु बर्माले र उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्ने जनाइएको छ । घोषित अन्य खेलाडीमा रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी र मनिषा उपाध्याया छन् ।
यस्तै, रचना चौधरी, सोनी पाख्रिन, साना प्रवीन र सावित्री धामी छनोट भएकी छन् । रुवान्डामा आयोजना हुने उक्त प्रतियोगिता अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को नयाँ संरचनाअनुसार पहिलोपटक हुँदैछ । —




