🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

सिंहदरवार सुरक्षामा असफल कर्नेल के भन्छन्,सेनाको धर्म देश जल्दा पनि रमिता हेरेर बस्ने हो ?

काठमाडौं । २०८२ भदौ २३ र २४ गते काठमाडौंमा भएको हिंसात्मक आन्दोलनका क्रममा सिंहदरबारभित्रको वास्तविक अवस्था कति भयावह थियो भन्ने चित्र नेपाली सेनाका नरसिंहदल गण, सिंहदरबार ब्यारेकका गणपति प्रमुख सेनानी गणेश खड्काको बयानले फेरि उजागर गरेको छ ।

गौरीवहादुर कार्की आयोगलाई दिएको बयानमा उनले भनेका छन्– प्रदर्शनकारीहरू केवल नाराजुलुसमा सीमित थिएनन्, उनीहरूले सुरक्षा घेरा तोड्ने, फौजको मुभमेन्ट अवरुद्ध गर्ने, गेटमा आगजनी गर्ने र संवेदनशील सरकारी संरचनाभित्र जबर्जस्ती घुस्ने प्रयास गरेका थिए ।

प्रमुख सेनानी खड्काले बताएका छन्, भदौ २३ गते काठमाडौंमा कफ्र्यू आदेश जारी भएपछि नेपाली सेनालाई सहायता माग गरिएको थियो । त्यसक्रममा संघीय संसद भवनतर्फ फौज मुभ गराउ“दा प्रदर्शनकारीहरूले ट्रकको चक्कामुनि सुत्ने जस्ता गतिविधि गरेर फौजको आवतजावतमा गम्भीर असर पु¥याएका थिए । यसबाट आन्दोलनको चरित्र केवल विरोधमा सीमित नभई सुरक्षा संयन्त्रको परिचालनमै अवरोध पु¥याउने ढंगले अघि बढाइएको संकेत मिल्छ ।

भदौ २४ गतेको अवस्था झन् संवेदनशील बनेको खड्काको बयानमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले कफ्र्यू आदेश जारी गरी फेरि सेनाको सहायता मागेपछि सिंहदरबार सचिवालयका सबै ६ वटा गेट-माइतीघर मण्डला, पद्मोदय मोड, हनुमानस्थान लगायतका नाकामा नेपाली सेना तैनाथ गरिएको थियो ।

बिहानैदेखि मुख्य चोकहरूमा टायर बालेर प्रदर्शनकारीहरू जम्मा हुन थालेका थिए । दिउ“सो करिब १२ः४५ बजेतिर पश्चिम, दक्षिण र पूर्वी गेटतर्फ हजारौंको भीड पुगेको थियो । त्यो भीडले ढुंगामुढा मात्र गरेन, गेटमै आगजनी गर्ने प्रयाससमेत गरेको थियो ।

खड्काका अनुसार १३ः२५ बजेतिर पश्चिम गेट अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरी अत्यधिक भिडका कारण पछि हट्दै गेटभित्र प्रवेश गर्दा ठूलो संख्यामा प्रदर्शनकारी पनि भित्र पसे । त्यसपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग ग¥यो भने नेपाली सेनाले हवाई फायर गरेर भीडलाई बाहिर निकालेको थियो ।

त्यसलगत्तै गेट पुनः बन्द गरिएको थियो । केहीबेरमै १३ः४२ बजे पश्चिम गेटमा आगजनी भयो, जसलाई नेपाली सेनाको दमकल प्रयोग गरेर निन्त्रणमा लिइएको उनले बताएका छन् ।

तर, स्थिति त्यतिमै रोकिएन । १३ः५३ बजे महिलाहरू, बालबालिका र स्ट्रेचर बोकेका व्यक्तिलाई अगाडि राखी हजारौंको भीड पुनः पश्चिम गेटबाट भित्र छिरेको बयानमा उल्लेख छ । यसले सुरक्षा घेरामाथि दबाब सिर्जना गर्ने योजनाबद्ध तरिका अपनाइएको संकेत गर्छ ।

त्यसक्रममा सेनाले फेरि हवाई फायर र प्रहरीले अश्रुग्यास प्रयोग गरी भीडलाई बाहिर धकेलेको थियो। दक्षिण गेट हुँदै राष्ट्रिय अनुसन्धान मुख्यालयको गेटबाट समेत ठूलो संख्यामा प्रदर्शनकारीहरू भित्र छिरेपछि स्थिति अत्यन्त असामान्य बनेको थियो ।

खड्काका अनुसार मुख्य गेट तथा दाया“बाया“का फलामे जञ्जिर फोडेर करिब १५ः०३ बजे भीड भित्र पसेपछि सिंहदरबारभित्र गुत्थमगुत्था, धपेडी र अराजक अवस्था सिर्जना भएको थियो। यस्तो अवस्थामा सिधा गोली प्रहार गर्दा ठूलो मानवीय क्षति हुन सक्ने देखिएकाले संयमता अपनाइएको उनले बताएका छन् । यही बयानले सुरक्षा फौजले तत्काल घातक बल प्रयोग नगरी नियन्त्रणमुखी रणनीति अपनाएको दाबी पनि गर्छ ।

भीड सिंहदरबारभित्र पसेपछि आगजनी सुरु भएको र दमकल अगाडि बढाउन बारम्बार अवरोध गरिएको खड्काले बताएका छन् । विशेषगरी रक्षा मन्त्रालय नजिक रहेको विस्फोटक भण्डारण स्थल अर्थात् बंकर आसपास आगलागी सुरु भएको सूचना पाएपछि स्थिति झन् गम्भीर बनेको थियो । यदि त्यहा“ आगो फैलिएको भए करिब एक किलोमिटर क्षेत्रभित्र ठूलो मानवीय र भौतिक क्षति हुन सक्ने जोखिम रहेको मूल्यांकनपछि तत्काल दमकल पठाएर आगो नियन्त्रण गरिएको बयानमा उल्लेख छ । त्यसपछि १६ः२० बजे थप फौज आइपुगेपछि प्रदर्शनकारीलाई सिंहदरबार क्षेत्रबाट बाहिर निकालिएको र जंगी अड्डाबाट पानी रिफिल गर्दै सेना, काठमाडौं महानगरपालिका लगायतका दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको कर्नेलले बताएका छन् ।

उनका अनुसार, नेपाल प्रहरी र सशस्त्र प्रहरीले माइकिङ, सम्झाइबुझाइ, अश्रुग्यास र हवाई फायर प्रयोग गर्दै स्थिति नियन्त्रणमा राख्ने प्रयास गरेका थिए । जिल्ला सुरक्षा समितिद्वारा अनुमोदित एकीकृत सुरक्षा योजना अनुसार सबै सुरक्षा निकायबीच समन्वय र सहकार्य गरिएको थियो । तर सिंहदरबार सचिवालयभित्र सीमित प्रहरी संख्या र सशस्त्र प्रहरीको स्थायी उपस्थिति नभएको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा भीडलाई बारम्बार बाहिर धकेल्नुपरेको थियो ।

प्रमुख सेनानी खड्काले आफ्नो बयानमा एउटा गम्भीर निष्कर्ष पनि दिएका छन् । उनका अनुसार, यस्ता विषम परिस्थितिमा संयुक्त सुरक्षा फौजलाई प्रभावकारी रूपमा परिचालन गर्न एकल कमाण्ड प्रणालीसम्बन्धी स्पष्ट कानूनी व्यवस्था आवश्यक देखिएको छ ।

भविष्यमा सिंहदरबार सुरक्षा तथा समन्वय समितिलाई थप सक्रिय बनाउने, संयुक्त सुरक्षा अभ्यास सञ्चालन गर्ने र संकटको बेला स्पष्ट कमाण्ड संरचना तय गर्ने व्यवस्था भए मात्र सुरक्षा व्यवस्थापन अझ प्रभावकारी हुने उनको निष्कर्ष छ ।

सारमा, गणपति गणेश खड्काको बयानले २०८२ भदौ २४ गतेको सिंहदरबार घटना सामान्य प्रदर्शनको परिणति नभई राज्यको सबैभन्दा संवेदनशील शक्ति केन्द्रमाथि गरिएको संगठित दबाब, घुसपैठ, आगजनी र सुरक्षा चुनौतीको रूपमा चित्रित गरेको छ ।

त्यही बयानले अर्को प्रश्न पनि उभ्याएको छ सिंहदरबार रक्षाका लागि खडा गरिएको ८५० सेनाको दरबन्दी रहने नेपाली सेनाको गणले व्यवसायिक सुरक्षा सूत्र शैली अपनाउन असफल भएको मान्ने कि नमान्ने ? यस्तै भीडले आर्मीको जंगी अड्डा पनि आक्रमण गर्ने दुस्साहस गरेको भए, सेना उभिएर, हेरेर बस्दथ्यो कि ? हेडक्वार्टर जोगाउनतर्फ लागेर सुरक्षा सूत्र प्रयोग गर्दथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *