🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

असई भरत खड्कालाई फागुन महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा

 

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी सहायक निरीक्षक (असई) भरत कुमार खड्कालाई २०८२ फागुन महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको मूल्याङ्कनअनुसार असई खड्काले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षामा उल्लेखनीय योगदान पु¥याएका कारण उनलाई उक्त सम्मान प्रदान गरिएको हो । उनी हाल मकवानपुर जिल्लाको प्रहरी चौकी भैँसेमा कार्यरत छन् ।

प्राप्त विवरणअनुसार उनले विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा प्रविधिको प्रयोगमार्फत अनुसन्धानलाई प्रभावकारी बनाउने तथा समुदायमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

यसैबिच, उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले एक कार्यक्रमकाबिच प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । कार्यक्रममा एसपी खत्रीले असई खड्काको कार्यसम्पादनको प्रशंसा गर्दै आगामी दिनमा अझ जिम्मेवारीका साथ काम गर्न प्रोत्साहन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयले प्रत्येक महिनामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने परम्पराअनुसार असई खड्कालाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *