चितवन । भरतपुर महानगरपालिका–३ बाह्रघरेस्थित नारायणी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ।

२०८२ चैत १५ गते डुबेर बेपत्ता भएका भरतपुर महानगरपालिका–१६ शरणपुर निवासी तथा बाह्रघरेस्थित मुन लाइट बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत करिब १३/१४ वर्षीय सनम रम्तेल र प्रशान्त क्षेत्री को शव खोजीका क्रममा फेला परेको हो।
दुई बालक नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खबर वडा प्रहरी कार्यालयबाट नं. १७ गण चितवनमा प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलबाट गोताखोरसहित विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो।
खोजी अभियानका क्रममा सशस्त्र प्रहरीले घटनास्थलबाट करिब २० फिट गहिराइ बाट दुवै बालकको शव बाहिर निकालेको जनाएको छ।
घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ।




