🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

सशस्त्र प्रहरी, पशुपतिनाथ बाहिनीको २२औँ स्थापना दिवस सम्पन्न

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौँको २२औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौँको २२औँ स्थापना दिवसमा सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षकत्रय, नारायण पाैडेल, बंशी दाहाल र गणेश ठाडामगरकाे पिन सहभागिता रहेकाे थियाे ।

स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले राष्ट्रको सुरक्षा, शान्ति स्थापना तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले सशस्त्र प्रहरी बललाई अझ व्यावसायिक, सक्षम र जनमुखी संगठनका रूपमा विकास गर्न सबैले इमान्दारिता र अनुशासनका साथ जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले, आन्तरिक सुरक्षा, विपद् उद्धार तथा संवेदनशील क्षेत्रको सुरक्षामा पशुपतिनाथ बाहिनीले पुर्‍याउँदै आएको योगदान उल्लेखनीय रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्यसम्पादन गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा बाहिनीका बाहिनीपति तथा अन्य उच्च पदस्थ अधिकृतहरूले पनि आफ्नो धारणा राख्दै बाहिनीको स्थापना कालदेखि हालसम्मको उपलब्धि, चुनौती र आगामी योजनाबारे जानकारी गराएका थिए। उनीहरूले संगठनलाई समयानुकूल सुदृढ बनाउँदै लैजान प्रविधिमैत्री र दक्ष जनशक्तिको विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।

सो अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकृत तथा जवानहरूलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गरिएको थियो। साथै, विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै सशस्त्र प्रहरी बलको क्षमता र कार्यक्षमतासम्बन्धी प्रदर्शनी समेत गरिएको थियो।

स्थापना दिवसको अवसरमा रक्तदान, सरसफाइ तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका अन्य कार्यक्रमहरू पनि सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पशुपतिनाथ बाहिनीले देशको राजधानी क्षेत्रको सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको छ। स्थापना दिवसले संगठनभित्र कार्यसम्पादनमा थप ऊर्जा, उत्साह र प्रतिबद्धता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *